Techie IT
Agni Khabar

नौबिसे–नागढुङ्गा आपत्कालीन सुरुङमार्गको ब्रेक थ्रुु अबको ४ महिनामा मुख्य सुरुङ पनि छिचोलिने


नौबिसे–नागढुङ्गा सुरुङमार्गको ुरेस्क्यु टनेलु अर्थात् आपत्कालीन सुरुङमार्गको ुब्रेक थ्रुु भएको छ । दुई किलोमिटर पाँच सय ५७ मिटर लामो सुरुङ धादिङ र काठमाण्डौ दुवैतर्फबाट छिचोलिएको सडक विभागले जनाएको छ ।

सडक छिचोल्ने काम पूरा हुने बेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थिति रहेको थियो । सुरुङ खन्ने काम सकिए पनि अरू काम बाँकी छ । मुख्य सुरुङ मार्ग पनि अबको चार महिनाभित्र छिचोलिने विभागले जनाएको छ । दुई किलोमिटर छ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग अब पाँच सय २५ मिटर खन्न बाँकी छ । नयाँ समस्या नआएमा २०८१ सालको पुसमा सुरुङबाट गाडी चल्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले दाबी गरेको छ ।

अहिले काठमाण्डौको चन्द्रागिरिमा रहेको टुटीपाखा र धादिङको धुनीबेसी नगरपालिकामा रहेको सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । यो सुरुङको निर्माण २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का २२ अर्ब रुपैयाँमा जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले लिएको छ । आयोजनाले जग्गा अधिग्रहणबापत साढे पाँच अर्ब रूपैयाँ मुआब्जा वितरण गरेको थियो ।

सुरुङमार्ग बनेपछि नौबिसे–थानकोट सडकको झन्डै आठ किलोमिटर लम्बाइसँगै झन्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा छ । धादिङको धुनिबेसी नगरपालिकाको सिस्ने खोलाबाट शुरु भएको सुरुङमार्ग काठमाण्डौको चन्द्रागिरि नगरपालिका बलम्बुमा निस्किने छ ।




तपाईको कमेन्ट लेख्नुहोस्