पत्रकार महासंघ अछामको बार्षिक साधारण सभा मंसिर १९ गते विनायकमा हुने
अछाम
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको बैठक आज सम्पन्न भएको छ। शाखाका जिल्ला अध्यक्ष रमेश रावतको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको वार्षिक साधारण सभा आगामी मंसिर १९ गते विनायकमा आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी महासंघका सबै साधारण सदस्यहरूको सदस्यता नवीकरण गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।
बैठकमा शाखाको संगठनात्मक गतिविधि, सदस्यता व्यवस्थापन तथा महासंघका आगामी कार्यक्रमका विषयमा समेत छलफल भएको थियो ।
बैठकले महासंघको संस्थागत सुदृढीकरण र पत्रकारहरूको व्यावसायिक हकहितका लागि आवश्यक पहल गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ ।
ताजा खबर
- १शी लिड्स आइकन’को टप ४७ मा अछामकी बिन्दु रावल
- २पत्रकार महासंघ अछामको बार्षिक साधारण सभा मंसिर १९ गते विनायकमा हुने
- ३तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट गाउँपालिका घोषित, पूर्वराष्ट्रपतिद्वारा सम्मानित
- ४विकास बजेट स्थानीय रोजगारीसँग जोड्न रास्वपा कमलबजारको माग
- ५कांग्रेस अछामको जिल्ला सभापतिमा यज्ञप्रसाद ढकालको उम्मेदवारी घोषणा

















तपाईको कमेन्ट लेख्नुहोस्