प्रथम विनोद स्मृति भलिबल कपको उद्घाटन एमाले प्रमुख सचेतक महरले गर्ने
प्रथम विनोद स्मृति भलिबल कपको उद्घाटन नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले गर्ने भएका छन् ।
प्रतियोगिताको उद्घाटन आगामी कार्तिक १८ गते हुने आयोजकले जनाएको छ।
पञ्चदेवल विनायकस्थित पञ्चदेवल क्याम्पसको प्राङगणमा हुने प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख सचेतक महरको उपस्थिति रहने भएको हो ।
उद्घाटन समारोहमा ख्याती प्राप्त कलाकार रेखा जोशी , जनक कार्की , यशोदा देवकोटा , सज्जन धामी लगाएतको सांगीतिक प्रस्तुती समेत रहनेछ ।
खेलकुदको विकास, स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान तथा भलिबल खेलप्रति युवाहरूको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुद क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले रु एक लाख ११ हजार एक सय ११ , दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ , तेस्रो हुने टिमले २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साथै शिल्ड , मेडल र प्रमाणपत्रको पनि व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रथम विनोद स्मृति भलिबल कपलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आयोजकले आवश्यक तयारी गरिरहेको जनाएको छ ।
ताजा खबर
- १प्रथम विनोद स्मृति भलिबल कपको उद्घाटन एमाले प्रमुख सचेतक महरले गर्ने
- २जिल्ला सभापतिमा निर्वाचित भए जनप्रतिनिधिको चुनाव नलड्ने काँग्रेस नेता तिमिल्सैनाको घोषणा
- ३बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै
- ४बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै
- ५भूमी प्रशासन अधिकृत अवस्थिको विदाई

















तपाईको कमेन्ट लेख्नुहोस्