Techie IT
Agni Khabar

बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै


अछामको बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

बिनोद स्मृति प्रतिष्ठानको आयोजनामा भलिबल कप प्रतियोगिता आयोजना हुने भएको हो ।

कार्तिक १८ गते एक भब्य समारोहका विच प्रतियोगिताको उद्घाटन गरिने प्रतिष्ठानका संक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो।

खेलकुदको माध्यामबाट भातृत्व फैलाउन , युवाहरुमा उर्जा ल्याउन , एकता र सकारात्मक सोचको विकास गर्न प्रतियोगिता आयोजना गरिएको संरक्षक शाहीले बाताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले रु एक लाख ११ हजार एक सय ११ , दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ , तेस्रो हुने टिमले २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

साथै शिल्ड , मेडल र प्रमाणपत्रको पनि व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा टिम दर्ताका लागी ७ हजार ७ सय ७७ निर्धारण गरिएको छ ।

खेलहरु ख्याति प्राप्त रेफ्रीको सुपरीवेक्षणमा सञ्चालन हुनेछन् ।

प्रतियोगितामा स्पाइकर , ब्लकर , डिफेन्डर , सेटर , उत्कृष्ट प्रशिक्षक लगाएत विभिन्न विद्यामा उत्कृष्ट खेलाडीलाई सम्मान गरिने छ ।

आयोजकका अनुसार प्रतियोगिता निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गरिनेछ ।




तपाईको कमेन्ट लेख्नुहोस्