Techie IT
Agni Khabar

शी लिड्स आइकन’को टप ४७ मा अछामकी बिन्दु रावल


अछाम , अछामको बान्नीगढी जयगढा गाउँपालिकाकी उपाध्यक्ष बिन्दु रावल शि लिड्स आइकनको तेस्रो संस्करणमा टप ४७ मा छनोट हुन सफल हुनुभएको छ ।

महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आउनुभएकी रावल अछाममा परिचित महिला नेतृका रूपमा समेत चिनिनुहुन्छ ।

महिला सशक्तीकरण, नेतृत्व विकास र महिलाका सवालमा निरन्तर आवाज उठाउँदै आउनुभएकी उहाँको ‘शी लिड्स आइकन’को टप ४७ मा पर्न सफल हुनुलाई अछामका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

‘महिला नेतृत्वलाई सम्मान गरौँ’ भन्ने नारासहित आयोजना भइरहेको शि लिड्स आइकन को तेस्रो संस्करणमा रावल सिरियल नम्बर ६ मा रहनुभएको छ ।

उहाँलाई विजयी गराउन ई–सेवा एपमार्फत मतदान गर्न सकिने आयोजकले जनाएको छ।

मतदानका लागि ई–सेवा एप खोलेर भोटिङ एण्ड इभेन्ट्स मा गई She Leads Icon – 3rd Edition छनोट गरी सिरियल नम्बर ६ मा रहेकी बिन्दु रावललाई भोट गर्न सकिने व्यवस्था गरिएको छ ।

मतदान गर्ने अन्तिम मिति २०२६ डिसेम्बर १५ (२०८३ मंसिर ३०) सम्म रहेको छ ।

स्थानीय तहको नेतृत्वसँगै महिला अधिकार र सामाजिक क्षेत्रमा सक्रिय रावलको यो सहभागिताले अछामको महिला नेतृत्वलाई राष्ट्रियस्तरमा चिनाउने अवसरसमेत प्रदान गरेको छ ।




तपाईको कमेन्ट लेख्नुहोस्