सुनसरी र मोरङमा आरीघोप्टे वर्षा, बाढीको चेतावनी

सुनसरीको तरहरा र मोरङको हरैँचा, विराटनगरलगायत आसपासका क्षेत्रमा आरीघोप्टे वर्षा भएको छ । गएको तीन घण्टामा भएको आरीघोप्टे वर्षाका कारण त्यस क्षेत्र भएर बग्ने नदीहरूको बहाव बढ्ने जोखिम रहेको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएको छ ।
केन्द्रले सूचना निकालेर सिंघीया खोला, खेसलिया, बुढीखोला, चिसाङ खोला, लोहन्द्रा खोलालगायत आसपासका स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा बेलुका ७ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै चितवनको ठोरी, मकवानपुरको राजैया, ओखलढुङ्गा, नवलपुर, बर्दियालगायतका क्षेत्रमा पनि ठूलो पानी परिरहेको छ । अहिले देशका सबैजसो ठाउँको मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ताजा खबर
- १एमाले अछामले टुङ्यायो पालिका अधिवेशन : यस्तो छ पदाधिकारीको लिष्ट
- २राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजारमा पार्टीकार्यालय स्थापना गर्दै
- ३तुर्माखाँदमा भोलीदेखि हुने भलिबल प्रतियोगिताको तयारी पूरा :पहिलो हुनेले २ लाख ११ हजार १ सय ११ हात पार्ने
- ४एमाले विनायकको अध्यक्षमा रावल र उपाध्यक्षमा शाही निर्विरोध निर्वाचित
- ५नेकपा एमाले ढकारीको दोस्रो अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न
तपाईको कमेन्ट लेख्नुहोस्