हेवाखोला बाढीमा बेपत्ता तथा मृतकका परिवारलाई २ लाख सहयोग

संखुवासभा स् संखुवासभा समाज कतारले संखुवासभामा बाढी पहिरोमा मृत्यु तथा बेपत्ता भएका ५ घरपरिवारलाई आर्थिक सहयोग गरेको छ। गत असार २ गते राति आएको बाढीमा २२ जना मजदुर बेपत्ता भएका थिए।
संखुवासभा समाज कतारले कार्यक्रमबीच बाढीमा मृत्यु तथा बेपत्ता भएका ५ परिवारलाई नगद २ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरेको संखुवासभा समाज कतारका सचिव अशोक न्यौपानेले जानकारी दिए। बाढीमा बेपत्ता तथा मृत्यु भएका पाँचखपनका दीपक मगर, सन्तोष राई, सुहाङ राई, भुवानसिंह तामाङ र चैनपुर नगरपालिका–४ का ज्ञानबहादुर लिम्बुका आफन्तलाई प्रतिपरिवार ४३ हजार रुपैयाँका दरले वितरण गरिएको संखुवासभा समाज कतारका सचिव न्यौपानेले बताए।
बाढीमा परेर अझै १८ जना बेपत्ता छन्। चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ हेवाखोलामा गएको बाढी पहिरोका कारण बाढी पहिरोबाट १९ घरपरिवार विस्थापित भएका थिए।
बाढीपहिरोका कारण जिल्लाका ८ वटा हाइड्रोपावरमा क्षति पुगेको छ। बाढीले दुईवटा पक्की पुल बगाएको छ। बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ।
ताजा खबर
- १विपद प्रतिकार्यका लागि सामुदायिक पहल सम्बन्धि तालिम तुर्माखाँदमा सम्पन्न
- २पञ्चदेवल विनायक नगरपालिकाकाे आर्थिक विधेयक २०८२/८३ सार्वजनिक
- ३तुर्माखाँदमा किशोरीहरुको शिखर सम्मेलन सुरु
- ४कांग्रेस महामन्त्री थापाद्वारा स्व . लक्ष्मणादेवी तिमिल्सैनाप्रती श्रद्धाञ्जली अर्पण
- ५कमलबजारको यथार्थ : अपेक्षा अनुसारको उपलब्धी
तपाईको कमेन्ट लेख्नुहोस्