महिनावारी हुँदा त्रिपालभित्र सुतेकी महिला र बालिकाको ढुंगा लागेर मृत्यु
अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नं ८ बारलामा पहिरोमा आएको ढुंगा लागेर दुईजनाको ज्यान गएको छ ।
महिनावारी भएर घर नजिकैको बारीमा त्रिपाल टाँगी सुतेको अवस्थामा माथीबाट पहिरोमा आएको ढुंगा लागेर ३५ बर्षिया निम खनाल र ७ बर्षिया कविता भण्डारीको घटनास्थलमै ज्यान गएको अछाम प्रहरीले जानकारी दिएको छ ।
संगै सुतेकी कबिताकी आमा रत्ना भण्डारी भने गम्भीर घाईते भएकी छन् । उनको टाउकोमा गहिरो चोट लागेको छ । निम र रत्ना केहीदिन अघी महिनावारी भएकी थिईन् ।
कबिता पनि आमासंगै त्रिपालमा सुत्दै आएकी थिईन् । घाईते भण्डारीको अहिले स्थानिय स्वास्थ्य चौकीमा प्राथमिक उपचार भईरहेको छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्