कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अहिले कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित अरु बाँकी थोरै ठाउँहरुमा पनि आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो मनसुनमा अहिलेसम्म मधेस प्रदेशमा खासै पानी परेको छैन । तर छिटफुट पानी परेको महाशाखाका मौसमविद् बिनु महर्जनले बताउनुभयो ।
पानी पार्ने प्रणाली नेपालतिर सर्नेक्रममा रहेकाले आजभन्दा भोलि मधेस प्रदेशसहित देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । भोलि आइतबार वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाले पर्सिसम्म नै नदी तटीय क्षेत्र तथा डुबान हुने होचो ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्