ताप्लेजुङमा ६ जनामा डेङ्गी सङ्क्रमण

हिमाली जिल्ला ताप्लेजुङमा डेङ्गी सङ्क्रमण देखिएको छ । शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिन्टेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये जिल्ला अस्पतालमा उपचारपछि पाँच जना घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । एक जना ८० वर्षीय वृद्धको भने अस्पतालमा उपचार भइरहेको डा। थापामगरले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालका अनुसार धरान, विराटनगर र झापाबाट ताप्लेजुङ आएकाहरूमा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो । कोही तराईतिर रहँदै सङ्क्रमित भएर आएका र केहीमा पछि डेङ्गी सङ्क्रमण देखिएको पाइएको अस्पतालले जनाएको छ । हिमाली जिल्लामा समेत डेङ्गी सङ्क्रमित फेला पर्नु सामान्य नभएको डा। थापा मगरको भनाइ छ ।
फुङलिङ नगरपालिका–६ का ८६ वर्षीय कृष्णप्रसाद आचार्यलाई लामखुट्टे भन्ने अहिलेसम्म थाहा थिएन । अहिले लामखुट्टेले सुत्नै दिन छाडेको उहाँले गुनासो गर्नुभयो ।
डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, माङ्सपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरू हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुाडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।
ताजा खबर
- १एमाले अछामले टुङ्यायो पालिका अधिवेशन : यस्तो छ पदाधिकारीको लिष्ट
- २राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजारमा पार्टीकार्यालय स्थापना गर्दै
- ३तुर्माखाँदमा भोलीदेखि हुने भलिबल प्रतियोगिताको तयारी पूरा :पहिलो हुनेले २ लाख ११ हजार १ सय ११ हात पार्ने
- ४एमाले विनायकको अध्यक्षमा रावल र उपाध्यक्षमा शाही निर्विरोध निर्वाचित
- ५नेकपा एमाले ढकारीको दोस्रो अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न
तपाईको कमेन्ट लेख्नुहोस्