निर्धन उत्थान लघुवित्तद्वारा बीमा क्षतिपूर्ति रकम हस्तान्तरण
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मंगलसेनले बिमा क्षतिपुर्ती वापतको रकम हस्तान्तरण गरेको छ ।
गत साउनमा निधन भएकी स्याउले महिला समाज केन्द्रकी सदस्य धनादेवी ढकालका परिवारलाइ आज बिमा वापतको क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो ।
संस्थाका शाखा प्रमुख मनु अर्यालले समूह सदस्यहरूको रोहवरमा मृतकका श्रीमान् कासीराम ढकाललाई रु. ५६,६६२.०२ को चेक हस्तान्तरण गरेका छन्।
उक्त कार्यक्रममा शाखाका लेखापाल परेक राज संज्याल, फिल्ड कर्मचारी बालाराम ढकालसहित समूह सदस्यहरुको उपस्थित रहेको थियो ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्