Techie IT
Agni Khabar

एमाले सुतारको बैठक विभीन्न निर्णय गर्दै सम्पन्न


बालाराम ढकाल , कमलबजार

नेकपा एमाले रामारोशन गाँँउपालिका वडा नं ७ सुतारको वडा कमिटी बैठक बिभीन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष देबेन्द्र भण्डारीको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई वडामा बलियो र सुढृद बनाउन प्रत्यक टोलमा टोल कमिटी गठन गर्ने लगाएतका निर्णय गरेको छ ।

बैठकमा प्रमुख अतिथि पुर्ब प्रदेश कमिटी सचिवालय सदस्य डिबि साउँद प्रमुख अतिथी रहेका थिए । बैठकमा जिल्ला कमिटी सदस्य नृप बिक , गाँउपालिका कमिटी अध्यक्ष डम्बर रोकाया , तप्त भण्डारी लगाएतकको सहभागीता रहेको थियो ।

बैठकबाट नेपाली कांग्रेस परित्याग गरि हर्क भण्डारीले नेकपा एमालमा प्रवेश गरेका छन् ।




तपाईको कमेन्ट लेख्नुहोस्