युवा नेत्री चलाउनेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्बारी घोषणा
सुदुरपश्चिमकी युवा नेत्री अम्बिका चलाउनेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी चलाउने १२ औँदेखि १५ औँ महाधिवेशनसम्म अछाम २ बाट लगातार सर्वाधिक मत सहित केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य जित्दै आएकि छन् । उनले २०६५ सालमा नेपाल विद्यार्थी संघबाट अछामको पञ्चदेवल क्याम्पसको स्ववियु सभापति जितेकि थिइन् । स्ववियुको चुनाव जिते पश्चात् उनले राजनितिमा फर्की हेर्नू परेको छैन् ।
नेपाल विद्यार्थी संघको केन्द्रिय सह-महामन्त्रीको जिम्मेवारी समेत सम्हाली सक्नुभएकी चलाउने हाल नेपाली काङ्ग्रेसको सुदुरपश्चिम प्रदेश कार्यसमितिको सह-महामन्त्री तथा अछामको पञ्चदेवल नगरपालिकाको नगर प्रमुख समेत रहेकी छन् ।
चलाउने नेपाली काङ्ग्रेस भित्र बलियो पकड तथा कार्यकर्ता बिच निकै लोकप्रिय नेताको रुपमा परिचित छन् ।
महाधिवेशन असोज १८ देखि राजधानी काठमाण्डौमा मा सुरु हुँदैछ ।
ताजा खबर
- १बझाङमा अटो पल्टिँदा तीन जनाको ज्यान गयो
- २प्रथम विनोद स्मृति भलिबल कपको उद्घाटन एमाले प्रमुख सचेतक महरले गर्ने
- ३जिल्ला सभापतिमा निर्वाचित भए जनप्रतिनिधिको चुनाव नलड्ने काँग्रेस नेता तिमिल्सैनाको घोषणा
- ४बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै
- ५बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै

















तपाईको कमेन्ट लेख्नुहोस्