Techie IT
Agni Khabar

माओवादी बैठकको तेस्रो दिन स् गुट भत्काउनेदेखि केन्द्रीय कमिटी ९९ जनामा झार्ने बहस


नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समिति चौथो बैठकको तेस्रो दिन पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखिएको छ ।

बैठकमा आजसम्म पाँच पदाधिकारीसहित १३९ जना नेताहरुले धारणा राखेको पार्टी उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार शुक्रबार पार्टीका उपाध्यक्ष पम्फा भुसाल, अग्नि सापकोटा र सचिव डिलाराम आचार्यसहित विभिन्न केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।

छलफलमा भाग लिने सदस्यको नाम सूची लामै भएकाले बैठक लम्बिन सक्ने भएको छ । शनिबार बोल्ने सदस्यको सूची झण्डै २ सयको हाराहारीमा रहेको पार्टी महासचिव देव गुरुङले जानकारी दिए ।

तेस्रो दिनको बैठकमा कसले के भने ?

पार्टीका उपाध्यक्ष पम्फा भुसालले पार्टी अध्यक्ष प्रचण्डले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आफ्नो धारणा राख्दै अहिलेको केन्द्रीय समिति बैठकले पार्टी जनयुद्धमा जाने जस्तै उर्जा थपेको बताएकी छन् । उनले चुनुवाङबाट शान्ति प्रक्रियामा आउदाँ तेस्रो समाजवादी आन्दोलनमा जाने तयारी भएको जस्तो अहिलेको बैठकबाट महशुस भएको बताईन ।

अर्का उपाध्यक्ष अग्नि सापकोटाले दुनियालाई बदल्ने संकल्प पदाधिकारीले गरेको भन्दै कार्य विभाजनको मुर्त खाका तयार गर्ने छलफलमा जुटेको बताए । उनले पार्टी भित्र बैचारिक पुर्नगठन आवश्यक रहेकोमा जोड दिए ।

बैठकमा पार्टी सचिव डिलाराम आचार्यले भने पार्टी समयानुकुल चल्न सक्नुपर्ने बताए । उनले भने, ‘पार्टीमा रूपान्तरणको मुद्दा उठिरहेको छ । विगतमा ठुला परिवर्तन भए तर, जनताको जीवन बदल्न सकिएन ।’

केन्द्रीय सदस्य सुबोध श्रीपाइलीले गुट उपगुट भत्काउनुपर्ने माग गरे । उनले राजकीय पदमा गएका नेताको सचिवालयबारे प्रश्न उठेको भन्दै त्यसमा जवाफ दिनुपर्ने माग गरे । केन्द्रीय सदस्य रेणु चन्दले आफुहरुले काम गर्नका लागि कार्यक्षेत्र नपाएको गुनासो गर्दै नेतृत्वको क्षमताको विकास गर्ने अवसर प्राप्त नभएको बताईन ।

केन्द्रीय सदस्य बिरबहादुर कुँवरले माओवादी, माओवादी जस्तो नभएको बताए । अर्का केन्द्रीय सदस्य गोविन्द तिमिल्सेनाले कसैले गाली गरेर त कसैले शरणमा परेर पार्टी र नेतृत्वबाट फाईला दिएको टिप्पणी गरे ।

केन्द्रीय सदस्य रामकुमार शर्माले भने प्रचण्डमा जवानी आएको टिप्पणी गरे । उनले मधेशमा पार्टीका नेता गिरीराजमणी पोखरेल र मातृका यादव दुई जनाको लडाइले मधेश प्रदेश विग्रिएको आरोप लगाए । उनले नेता पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा काम काम गरेको टिप्पणी पनि गरे ।

अर्का केन्द्रीय सदस्य मुक्ति प्रधानले द्धन्द्धकालिन मुद्दा र सेना समायोजनाको काम एकैसाथ गर्नुपर्नेमा कमजोरी भएको बताए ।

केन्द्रीय सदस्य लेखनाथ दाहाल ‘राजन’ले आफ्नो धारणा राख्दै १६ बुँदे सुझाव दिएका छन् । उनले अध्यक्ष प्रचण्डले पार्टीमा विचार, संगठन र नेतृत्व दिए पनि नेता कार्यर्कर्ताले आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताए ।

नेता दाहालले आलोचना सत्यको जगमा उभिएर गनुपने भ्रम र आशंकाको भरमा गरिने टिप्पणी आलोचना नभइ आरोप र बिरोध हुने बताए ।

उनले भने, ‘हाम्रो पार्टीमा गुट छैनन् । स्वार्थ समुह हुन सक्छन् । प्रचारको मोर्चा बलशाली बनाउनु आवश्यक छ । स्वेच्छिक अवकाश र स्वेच्छिक त्यागको एजेण्डा पेश गरौँ । केन्द्रीय कमिटी अहिले नै ९९ जनामा झार्न सकिन्छ ।’

‘विगतमा पार्टी सत्ता र राजकीय सत्तामा रहनुभएका कमरेडको पनि समिक्षा आवश्यक छ । पञ्चायतकालदेखि सार्वजनिक तथा सरकारी लाभका पदमा बसेका व्यक्तिको सम्पतिको छानविन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गर्न आवश्यक छ । बिचार, राजनीति, मुख्य नेतृत्वमा समस्या नभइ संगठनात्मक व्यवस्थापनमा समस्या छ । अराजकता, अनुशासनहिनता, गुटगत मानसिकता, भ्रष्ट आचारण नै मुख्य समस्या छन्’, उनले भने, ‘नयाँलाई काम, निश्क्रिय नेतृत्वलाई सम्मानको व्यवस्था आवश्यक छ । शान्ति प्रक्रियामा आइसकेपछि पटक(पटक मन्त्री, सांसद र राजनीतिक नियुक्ति पाएका नेता, कार्यकर्ताको भुमिकाको बारेमा निर्मम समिक्षा आवश्यक छ । अवसर पाउने अधिकांशले कि पार्टी नै छोड्ने कि अध्यक्षलाई असहयोग गर्ने र पार्टी भित्र बसे पनि मुख्य नेतृत्वको आलोचना गरेर बस्ने अवस्था किन आयो रु समिक्षा आवश्यक छ ।’

नेता दाहालले व्यक्तिको इच्छा अनुसारको अवसर प्रदान नहुने भन्दै आवश्यकता अनुसार, योग्यता अनुसार जिम्मेवारी प्रदान गर्नुपर्ने माग गरे ।

उनले थप्दै भने, ‘अबसरको न्यायोचित वितरण गर्न सकिएन । अबसर पाएकाले पार्टी निर्माणमा पर्याप्त सहयोग पुर्याउन सकेनन् । अबसर पाउँदा पार्टी र जनताको पक्षमा सदुपयोग गर्न नसक्ने । गर्न नचाहाने । अवसर नदिए पार्टी र नेतृत्वको विरोधी भइहाल्ने महारोग पार्टीभित्र छ । आफुले टिकट नपाउँदा भोट नै नहाल्ने । बिरोधीलाई जिताउन लाग्ने प्रवृत्ति पनि छ । विचार, संगठन र नेतृत्वको केन्द्रीकरण नगरी बलशाली बन्न सकिन्न ।’ नेता दाहालले अन्तिममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले अनुसन्धानको माग गरेर विज्ञप्ति जारी गर्नुपर्ने पनि माग गरेका छन् ।

कैन्द्रीय समिति बैठकमा सहभागिले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । शुक्रबार स्थगित केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ । उक्त बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् । पहिलो दिन १८ जना र दोस्रो दि पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित ५६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।




तपाईको कमेन्ट लेख्नुहोस्