Techie IT
Agni Khabar

सुदुरपश्चिमका कम बेरुजु आउने पालिकामा बन्निगढी टप पाँचमा


अछामको बान्निगढी जयगढ गाउँपलिका सुदुरपश्चिममै सबैभन्दा कम बेरुजु आउने पालिकाहरुमा टप पाँचमा परेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार बान्निगढी जयगढ गाउँपालिका सुदुरपश्चिमका ८८ वटा पालिका मध्य कम बेजुरु हुने पालिकाको पाचौं स्थानमा पर्न सफल भएको हो ।

बान्निगढिको आर्थिक वर्ष २०८०/०८१ को वेरुजु ०.४४ प्रतिशतमा झरेको छ ।

पछिल्ला आर्थिक वर्षमा गाउँपालिकले बेरुजु घटाउदै लगेको छ ।

पालिकाले गर्ने खर्चलाई बेरुजु नहुने गरी भुक्तानी गर्ने तथा भुक्तानी भएका योजनाहरुको तत्काल फर्छ्योट गर्ने नियमित कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएकाले बेरुजु कम भएको गाउँपालिकाका लेखापाल नारद खनालले बताए ।




तपाईको कमेन्ट लेख्नुहोस्