तुर्माखाँद गाउँपालिका २ भुलुको नवनिर्मित भवनको उद्घाटन

अछामको तुर्माखाँद गाउँपालिका वडा नं २ भुलुको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
बुधबार एक औपचरिक कार्यक्रमका बिच गाउँपालिमा अध्यक्ष डम्बर बहादुर बिसिले वडाकार्यालय भवनको उद्घाटन गरेका हुन् ।
२०८० माघमा ठेक्का भइ २०८१ असारमा काम सम्पन्न भएको चार कोठे भवनको आज औपचारिक उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिसिले अब गाउँपालिकाकै विकट मानिने भुलुमा आफ्नै वडा कार्यालयबाट छिटोछरितो जनताका काम हुने विश्वास व्यक्त गरे ।
उनले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन समेत आग्रह गरेका छन् ।
वडाले आफ्नै आँगनबाट सेवा प्रदान गर्ने कुरामा खुसी व्यक्त गर्दै अध्यक्ष बिसिले सेवालाई प्रभावकारी बनाउन वडामा कार्यरत कर्मचारीले ध्यान दिन जरुरी रहेकोे बताए ।
तपाईको कमेन्ट लेख्नुहोस्