अछामको ढकारीमा २ जना किशोरी मृत फेला

अछामको ढकारी गाँउपालिका वडा नं १ छिन्ने वडार जंगलमा २ जना किशोरी मृत फेला परेका छन् ।
गाउँपालिकाको वडा नं ८ पल्साँताका सरस्वति खड्का र ईश्वरी खड्का शानिबार आज मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार बाख्रा चराउन छिन्ने वडार जंगलमा गएका उनिहरु बेलुकी घर फर्केका थिएनन् ।
अहिले जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलि घटनास्थल तर्फ गईरहेको अछाम प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
किशोरीहरुको मृत्युको कारण खुलेको छैन ।
ताजा खबर
- १एमाले अछामले टुङ्यायो पालिका अधिवेशन : यस्तो छ पदाधिकारीको लिष्ट
- २राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजारमा पार्टीकार्यालय स्थापना गर्दै
- ३तुर्माखाँदमा भोलीदेखि हुने भलिबल प्रतियोगिताको तयारी पूरा :पहिलो हुनेले २ लाख ११ हजार १ सय ११ हात पार्ने
- ४एमाले विनायकको अध्यक्षमा रावल र उपाध्यक्षमा शाही निर्विरोध निर्वाचित
- ५नेकपा एमाले ढकारीको दोस्रो अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न
तपाईको कमेन्ट लेख्नुहोस्