Techie IT
Agni Khabar

कमलबजारमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता/वितरण स्थाई स्टेशन स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर


अछाम जिल्लाको कमलबजार नगरपालिकामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता/वितरण स्थाई स्टेशन स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज कमलबजार नगरपालिका र राष्ट्रिय पञ्जिकरण बिभागबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
कमलबजार नगरपालिकाका तथा राष्ट्रिय पञ्जिकरण विभागबिच समझदारी पत्रमा हस्ताक्षर भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिएका छन् ।
युनिट स्थापना भएपछि कमलबजार नगरपालि

काका साथै तुर्माखाँद गाँउपालिका तथा ढकारी गाँउपालिकाका नगरिकलाई सहजता हुने भएको छ । यसअघि राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला सदरमुकाम मंगलसैन जानुपर्ने बाध्यता रहेको थियो ।

आगामि आर्थीक बर्षमा सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचय पत्र अनिबार्य गरिएकाले यसबाट समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै ब्यक्तिहरु बिषेश गरी जेष्ट नागरिक , असहाय तथा अपाङ्गता भएका ब्यक्तिहरु बढी लाभान्वित हुने देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालय भएका पालिकाहरु बाहेक यो सेवा सुचारुका लागी हस्ताक्षर गर्ने अछाम जिल्लाको कमलबजार नगरपालिका नेपालमै पहिलो पालिका हो ।

अबको एक हप्ता पछि युनिटबाट सेवा प्रारम्भ हुने कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिएका छन् ।
युनिट स्थापनाकालागी नगरप्रमुख ढकाल लामो समयदेखी निकै सक्रिय रुपमा लागीपरेका थिए ।
राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक बिबरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाण पत्र हो ।

वैयक्तिक बिबरणमा व्यक्तिको नाम, थर, ठेगाना, जन्ममिति, बुवा, आमा, पति, पत्नी, बाजे, बज्यैको नाम तथा अन्य त्यस्तै व्यक्तिगत बिबरण हुन्छ । बायोमेट्रिक भनिने जैविक बिबरणमा व्यक्तिको दश औंलाको विद्युतीय छाप, आँखाको नानी र हस्ताक्षर हुन्छन् ।




तपाईको कमेन्ट लेख्नुहोस्