Techie IT
Agni Khabar

दाङमा वस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो


दाङमा वस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।

हिजो राति दाङको राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको ज्यान गएको हो ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको ज्यान गएको तथा १७ जना घाईते भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताएका छन् ।




तपाईको कमेन्ट लेख्नुहोस्