Techie IT
Agni Khabar

सक्रियता बढाउदै कमलबजार प्रहरी


बालाराम ढकाल , कमलबजार

प्रहरी चौकी कमलबजारले आफ्नो सक्रियता बढाएको छ । पछिल्लो केही समय समय यता प्रहरी चौकी कमलबजारले आफ्नो सक्रियता बढाएको हो ।
अहिले कमलबजार प्रहरीले टोल टोलसम्म आफ्ना गतिविधी बढाएको छ ।
बाल विवाह न्यूनीकरण , लागुऔषध बिरुद्ध जनचेतना , प्रहरीले दिने सेवासुविधाका विषयमा सर्व साधारण लाई जानकारी गराउने तथा नागरिक र प्रहरीको सम्पर्क बढाउन लामो दुरीको गस्ति समेत इलाका प्रहरी कार्यालय कमलबजारले सुरु गरेको छ ।
कमलबजारबाट लामो दुरीका तथा विकट मानिने छडानदेवी , सुनदेवी वडा नं. ३ को बयाला लगायतका टोलमा समेत प्रहरीले गस्ति बढाएको छ ।
प्रहरीप्रतिको सर्वसाधारणको बुझाइ फरक भएको र यस्तो भ्रमलाई चिरेर प्रहरी नागरिकको साथीको रुपमा बुझाउन पनि यस्ता गतिविधीहरुको थालनी गरिएको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले बताएका छन् ।
आफु मातहत प्रहरी चौकी ढकारी , तुर्माखाँद र कालेकाँडाले समेत यस्ता कार्यक्रम गरिरहेको उनले बताएका छन् ।
प्रहरीले सेवा दिए वाफत कुनै शुल्क नलाग्ने र कोहि कसैले दण्डनिय कार्य गरेमा तुरुन्त कार्वाही गर्ने समेत प्रहरी निरीक्षक जोहारीले बताउनुभयो ।
नागरिकले घरबाटै प्रहरीलाई सुचना दिन मिल्ने गरि क्युआर पनि तयारी गरेको उनको भनाई छ ।
आफुले प्रहरी साँच्चिकै जनताको सेवक हो भनेर बुझ्ने गरि काम गरिरहेको र यस कार्यमा कमलबजारको बौद्धिक वर्गले सहयोग गर्ने समेत उनको अपेक्षा छ ।
नगरपालिका भित्रका मावी विद्यालयमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रहरी निरिक्षक जोहारीले बताएका छन् ।




तपाईको कमेन्ट लेख्नुहोस्