पूर्वका ९ जिल्लामा सङ्घीय लिम्बुवानलगायत ६ दलको बन्द
राष्ट्रिय जनमुक्ति पार्टीसहितको ६ दलले गरेको बन्दको आह्वानले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
लालमोहर दिवसको अवसरमा आज लालमोहर सन्धिको मर्मअनुसार अरुणपूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा जिल्लालाई लिम्बुवान राज्य बनाइनुपर्ने माग राख्दै बन्दको आह्वान गरिएको हो ।
बन्दले पूर्वका नौ जिल्लामा लामो तथा छोटो दूरीका यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दको कार्यक्रमलाई विभिन्न पहिचानवादी पार्टी र सङ्घ–सङ्गठनले ऐक्यबद्धता जनाउँदै सहयोग गरेका छन् ।
साउन २२ गते लालमोहर दिवस, तत्कालीन गोरखा राज्य र लिम्बुवानबीच सन्धि भएको ऐतिहासिक दिन हो ।
इतिहास अनुसार वि।सं।१८३१ साउन २२ गतेका दिन तत्काली किराँत लिम्बुवान राज्य स्वायत्तता र आत्मनिर्णयको अधिकार उपभोग गर्न पाउने गरी तत्कालीन गोरखा राज्यमा गाभिएको थियो । त्यहीँ सन्धिलाई वि।सं।१८३१ को लालमोहर सन्धि भनिन्छ ।
लालमोहर सन्धिको मर्म र ऐतिहासिक दसिप्रमाणको आधारमा अहिलेको सङ्घीय संरचनामा अरुणपूर्वका नौ जिल्लालाई समेटेर छुट्टै लिम्बुवान राज्य निर्माण गरिनुपर्ने उनीहरुको माग छ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्