Techie IT
Agni Khabar

पत्रकार महासंघ अछामको बार्षिक साधारण सभा मंसिर १९ गते विनायकमा हुने


अछाम

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको बैठक आज    सम्पन्न भएको छ। शाखाका जिल्ला अध्यक्ष रमेश रावतको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको वार्षिक साधारण सभा आगामी मंसिर १९ गते विनायकमा आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी महासंघका सबै साधारण सदस्यहरूको सदस्यता नवीकरण गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।

बैठकमा शाखाको संगठनात्मक गतिविधि, सदस्यता व्यवस्थापन तथा महासंघका आगामी कार्यक्रमका विषयमा समेत छलफल भएको थियो ।

बैठकले महासंघको संस्थागत सुदृढीकरण र पत्रकारहरूको व्यावसायिक हकहितका लागि आवश्यक पहल गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ ।




तपाईको कमेन्ट लेख्नुहोस्