तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट गाउँपालिका घोषित, पूर्वराष्ट्रपतिद्वारा सम्मानित
अछाम — अछामको तुर्माखाँद गाउँपालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिकाका रूपमा छनोट भई राष्ट्रिय स्तरमा सम्मानित भएको छ ।
विद्यालय शिक्षा तथा समग्र शिक्षा प्रणालीमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रधानाध्यापक संघ नेपाल (PAN) को तेस्रो राष्ट्रिय सम्मेलनमा तुर्माखाँद गाउँपालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिकाका रूपमा सम्मानित भएको हो ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा पुर्याएको वास्तविक योगदान, नेतृत्व क्षमता, उपलब्धि, प्रभाव, नवप्रवर्तन तथा शैक्षिक गुणस्तर सुधारका लागि गरेको प्रयासको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्राप्त गरेको हो ।
सम्मेलनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको हातबाट तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले सम्मान तथा पुरस्कार ग्रहण गर्नुभएको थियो । उक्त अवसरमा भुटानका पूर्व शिक्षामन्त्री ठाकुर सिंह पौडेलको समेत उपस्थिति रहेको थियो ।
सम्मान प्राप्तिपछि गाउँपालिका अध्यक्ष डम्बर बिसीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानाध्यापक संघ नेपाल (PAN) प्रति आभार व्यक्त गर्दै यस उपलब्धिलाई गाउँपालिकाको समग्र शैक्षिक क्षेत्रको साझा सफलता भएको बताउनुभएको छ ।
अध्यक्ष बिसीले शिक्षामा उत्कृष्ट गाउँपालिका बनाउन सहयोग पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउने सम्पूर्ण शिक्षाप्रेमी महानुभावप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
साथै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिकाका रूपमा राष्ट्रिय स्तरमा प्राप्त यो सम्मान तुर्माखाँद गाउँपालिकाका लागि गौरवको विषय बनेको छ । यस उपलब्धिले स्थानीय तहमा शैक्षिक नेतृत्व, गुणस्तरीय शिक्षा र संस्थागत सुधारका प्रयासलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
अछामको स्थानीय तहले राष्ट्रिय मञ्चमा प्राप्त गरेको यस सम्मानलाई जिल्लाकै शैक्षिक क्षेत्रका लागि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ ।
ताजा खबर
- १तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट गाउँपालिका घोषित, पूर्वराष्ट्रपतिद्वारा सम्मानित
- २विकास बजेट स्थानीय रोजगारीसँग जोड्न रास्वपा कमलबजारको माग
- ३कांग्रेस अछामको जिल्ला सभापतिमा यज्ञप्रसाद ढकालको उम्मेदवारी घोषणा
- ४बझाङमा अटो पल्टिँदा तीन जनाको ज्यान गयो
- ५प्रथम विनोद स्मृति भलिबल कपको उद्घाटन एमाले प्रमुख सचेतक महरले गर्ने

















तपाईको कमेन्ट लेख्नुहोस्