Techie IT
Agni Khabar

भूमी प्रशासन अधिकृत अवस्थिको विदाई


विपि भण्डारी , अछाम

भूमि प्रशासन कार्यालय अछामका भूमी प्रशासन अधिकृत लिलाधर अवस्थीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

भूमी प्रशासन कार्यालय अछाममा आज एक कार्यक्रमका बिच उहाँको बिदाई गरिए हो ।

भूमी प्रशासन अधिकृत अवस्थीको अध्यक्षतामा सम्पन्न कार्याक्रमा कर्मचारी संगम अछामका अध्यक्ष तथा कोलेनीका अछामका कोष नियन्त्रक दिवस घिमिरेको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय अछमका कार्यालय प्रमुख भिम बहादुर सिंह, जिल्ला प्रशासन कार्यालय अछामका ना.सु. खम्म बोगटी, कम्प्युटर अपरेटर मोहन भट्ट लगायत भूमी प्रशासन कार्यालय अछाममा कार्यरत कर्मचारीहरुको उपस्थित रहेको थियो ।

भूमी प्रशासन अधिकृत अवस्थी अछाममा करिब २ महिनाको कार्यकाल पूरा गरी भूमि प्रशासन कार्यालय धनगढीमा सरुवा हुनुभएको हो । आजै भूमि प्रशासन अधिकृत अवस्थीसंगै भूमि प्रशासन कार्यालय अछामका खरिदार पवन कुश्मीको पनि बिदाई सम्पन्न भएको छ ।

कुश्मीको अध्यागमन कार्यालय नेपाल्गञ्ज सरुवा भएको छ । ​खरिदार कुश्मीले आफ्नो निजामती सेवाको पहिलो यात्रा अछामबाट सुरु गरी करिब ३ वर्षसम्म कुशलताका पुर्वक अछाममा सेवा प्रदान गर्नुभएको हो ।

विदाई कार्यक्रमको सञ्चालन भूमी प्रशासन कार्यालय अछामका सहायक कम्प्युटर अपरेटर बिष्णुप्रसाद भण्डारीले गर्नुभएको थियो ।
​छोटो समयमै आफ्नो अमिट छाप छोड्न सफल अवस्थी सरको मार्गदर्शन र निजामती सेवाको पहिलो पाइलामै उत्कृष्ट कार्यसम्पादन देखाउनुभएका कुश्मी सरको लगनशीलता सवैका लागि प्रेरणादायी रहनेछ।




तपाईको कमेन्ट लेख्नुहोस्