काङ्ग्रेस नेता तिमिल्सैनाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा
नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश सदस्य वेदप्रकाश तिमिल्सैनाले १५ औं महाधिवेशन अन्तर्गत खुल्ला महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत तिमिल्सैनाले अछाम क्षेत्र न.२ बाट खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन् ।
उनले आफ्नो उम्मेदवारीलाई सफल बनाउन क्षेत्रीय प्रतिनिधि , नेता–कार्यकर्ता तथा शुभेच्छुकबाट साथ,सहयोग तथा विश्वासको अपेक्षा समेत गरेका छन् ।

















तपाईको कमेन्ट लेख्नुहोस्