बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै
अछामको बिनायकमा प्रथम बिनोद स्मृति भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ ।
बिनोद स्मृति प्रतिष्ठानको आयोजनामा भलिबल कप प्रतियोगीता हुन लागेको हो ।
कार्तिक १८ गते एक भब्य समारोहको आयोजना गरेर प्रतियोगीताको उद्धघाटन गरिने प्रतिष्ठानका संरक्षक बखत बहादुर शाहीले जानकारी दिए ।
खेलकुदको माध्यामबाट भातृत्व फैलाउन , युवाहरूमा ऊर्जा ल्याउन , एकता र सकारात्मक सोच विकास गर्न प्रतियोगिता आयोजना गरिएको संरक्षक शाहीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख ११ हजार १ सय ११, दोस्रो हुने टिमले रु ५५ हजार ५ सय ५५ र तेस्रो हुने टिमले रु २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै शिल्ड , मेडल र प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ ।
प्रतियोगीतामा तिम दर्ताका लागी ७ हजार ७ सय ७७ निर्धाण गरिएको छ ।
खेलहरू ख्याती प्राप्त रेफ्रीको सुपरिवेक्षणमा सञ्चालन हुनेछन् । प्रतियोगितामा स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, उत्कृष्ट प्रशिक्षक लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई सम्मान रिनेछ ।
आयोजकका अनुसार प्रतियोगिता निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गरिनेछ ।

















तपाईको कमेन्ट लेख्नुहोस्