Techie IT
Agni Khabar

कमलबजार नगर सभापतिमा ढकालको उम्मेद्वारी घोषणा


नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कमलबजार नगर कार्यसमिति सभापति पदका लागि पदम ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत ढकालले नगर कार्यसमिती सभापतिमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका हुन् ।

संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान तथा पार्टीलाई थप एकताबद्ध र गतिशील बनाउने संकल्पसहित उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारीलाई सफल बनाउन नेता–कार्यकर्ता तथा शुभेच्छुकबाट साथ, विश्वास र सहयोगको अपेक्षा समेत गरेका छन् ।




तपाईको कमेन्ट लेख्नुहोस्