बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
अछामको बिनायकमा बृहत् विविध सांकृतिक कार्यक्रम हुनेभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अछामको ९ औं जिल्ला अधिवेशनको अवसर पारी कार्तिक २२ गते शनिबार बृहत् विविध सांकृतिक कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका सदस्य भरत राज अधिकारीले जानकारी दिनुभयो ।
बदलिँदो प्रविधि र समयका कारण परापूर्वकालदेखि पुर्खाहरुले बचाएर राखेको अछामी कला, संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ अधिवेशनको उदघाटन समारोहमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा हेमन्ता भट्टराई , हेमराज अधिकारी , जनक कार्की , भोजराज , भाट , गोबिन्द बिष्ट , जनक साउद ( अछामी माग्ने ) भरतराज अधिकारी ( जलन ) , हर्क विरही , रुपक परियार , तुल्क्षी थापा , अमना रोकाया , आरिया भाट , हमेश न्यौपाने ( माउडे ) , महेन्द्र बिसि , मनोज कठायत , बिरेन्द्र बिक , लक्षमण मयाल लगाएतका कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
कार्यक्रमको पर्वधक पञ्चदेवल बिनायक नगर पालिका रहेको छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्