Techie IT
Agni Khabar

कम बेरुजुमा विनायकले मार्यो बाजि : सुदुरपश्चिमकै पहिलो


अछामको पञ्चदेवल विनायक नगरपालिकाले सुदुरपश्चिमका कम बेरुजु गर्ने पालिकाहरुमा बाजि मारेको छ ।

सुदुरपश्चिमका ८८ पालिकामध्य विनायक कम बेरुजु देखिनेमा प्रथम भएको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार पञ्चदेवल नगरपालिका प्रदेशकै कम बेजुरु हुने पालिकाको पहिलो स्थानमा पर्न सफल भएको हो ।

पञ्चदेवल नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वेरुजु ०.२७ प्रतिशतमा झरेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा ०.५२ प्रतिशत बेरुजु देखिएको नगरपालिकाले पछिल्ला आर्थिक वर्षमा बेरुजु घटाउदै लगेको छ ।
पालिकाले गर्ने खर्चलाई बेरुजु नहुने गरी भुक्तानी गर्ने तथा भुक्तानी भएका योजनाहरुको तत्काल फर्छ्योट गर्ने नियमित कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएकाले बेरुजु कम भएको नगरपालिकाका प्रशासन शाखा प्रमुख खेम ढकालले बताए ।




तपाईको कमेन्ट लेख्नुहोस्