Techie IT
Agni Khabar

एमाले अछामले गर्यो ६ जनालाई किक आउट : पार्टी हित विपरित गतिविधि गरेको आरोप


नेकपा एमाले जिल्ला कमिटी अछामले ५ जना जिल्ला कमिटी सदस्य सहित ६ जनानाइ पार्टिको जिम्मेवारीबाट निस्कासन गरेको छ ।

पार्टिहित विपरीत कार्य गरेको भन्दै आज एक विज्ञप्ति मार्फत एमाले अछामले ६ जनाको जिम्मेवारि खोसिएको जानकारी गराएको हो ।

जिल्ला कमिटी सचिवालय सदस्य एवम संगठन विभाग प्रमुख प्रकाश शाह, सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्यहरु बल बहादुर कुँवर, शंकर भुल, रतन रावल र साफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको जिम्मेवारी खोसिएको हो ।

निष्कासनमा परेकाहरु एमाले पार्टीको विधान विपरित गतिविधीमा संलग्न थिए ।

उनिहरु खुल्याम भिम रावलको मातृभुमी अभियानमा सरिक भइ एमाले विरुद्दको गतिविधिमा सक्रीय थिए ।




तपाईको कमेन्ट लेख्नुहोस्