प्रेस चौतारी अछामको अधिवेशन २५ माघमा हुने
प्रेस चौतारी नेपाल अछामको जिल्ला अधिवेशन अगामी माघ २५ गते हुने भएको छ ।
आज मंगलसैनमा बसेको प्रेस चौतारीको जिल्ला कमिटीको बैठकले संगठनको केन्द्रीय सर्कुलरअनुसार माघ २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारीको केन्द्रीय कमिटिले २५ माघभित्र जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको छ ।
प्रेस चौतारीका जिल्ला अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले मंसिरमा २८ मा सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित जिल्लाको सम्पुर्ण समूह र प्रदेशका केही पदाधिकारी सहित सदस्यलाइ बधाई तथा सम्मान समेत गरेको छ ।
प्रेस चौतारीको जिल्ला कमिटीको बैठकको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष चन्द्र बोहरा रहेका थिए।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्