उपचारका क्रममा हुने हरेक मृत्युको अडिट रिपोर्ट पठाउन स्वास्थ्य मन्त्रालयको आग्रह
अब अस्पतालल उपचारका क्रममा हुने प्रत्येक मृत्युको अडिट रिपोर्ट तयार गर्नु पर्ने भएको छ । तयार भएको रिपोर्ट स्वास्थ्य सेवा विभागका पठाउनु पर्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयको मंगलबारको सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले सबै अस्पताललाई अस्पतालमा मृत्यु भएकाको मृत्युको कारण पहिचान प्रतिवेदन पठाउन पत्राचार गरेकी हुन् ।
स्वास्थ्य मन्त्रालयले सबै संघीय, प्रादेशिक, स्थानीय र निजी तथा सामुदायिक अस्पतालहरुलाई स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएकाको मृत्युको कारण पहिचान गरी त्यसको प्रतिवेदन पठाउन पत्राचार गरेको हो ।
उक्त प्रतिवेदन स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखामा पठाउन मन्त्रालयले आग्रह गरेको छ ।
उक्त रिर्पोटले मृत्युको ट्रेन्ड कस्तो छ रु कुन रोग, के कारणले बढी मृत्यु हुँदो रहेछ रु भन्ने यर्थाथ जानकारी हुने भएकोले मृत्यु अडिट गर्न लागेको मन्त्रालयका अधिकारी बताउँछन् ।
ताजा खबर
- १शी लिड्स आइकन’को टप ४७ मा अछामकी बिन्दु रावल
- २पत्रकार महासंघ अछामको बार्षिक साधारण सभा मंसिर १९ गते विनायकमा हुने
- ३तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट गाउँपालिका घोषित, पूर्वराष्ट्रपतिद्वारा सम्मानित
- ४विकास बजेट स्थानीय रोजगारीसँग जोड्न रास्वपा कमलबजारको माग
- ५कांग्रेस अछामको जिल्ला सभापतिमा यज्ञप्रसाद ढकालको उम्मेदवारी घोषणा

















तपाईको कमेन्ट लेख्नुहोस्