त्रिविका करार शिक्षक र कर्मचारीलाई स्थायी नगर्न स्ववियुको माग
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०ले करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी नगर्न आग्रह गरेको छ । उसले त्रिविमा आवश्यक शिक्षक र कर्मचारी सेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने बताएको छ ।
स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगमा पदाधिकारी नभएका बेला करार कर्मचारी र शिक्षकलाई आन्तरिक मूल्यांकनका नाममा स्थायी गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएका छन् ।
यस्ता क्रियाकलापले त्रिविको शैक्षिक गुणस्तर र छविमा ह्रास आउने स्ववियुले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘त्रिवि सेवा आयोगबाट भएका विज्ञापनबाट शिक्षक कर्मचारी नियुक्ति गर्ने प्रक्रियामा पहल नगर्नु र अर्कोतिर त्रिवि ऐन, नियम विपरीत करारमा रहेका शिक्षकरकर्मचारीलाई स्थायी नियुक्ति गर्नु सत्ता शक्ति र पदको दुरुपयोग गर्नु हो’, ओझाले भनेका छन् ।
स्ववियुले प्रतिस्पर्धात्मक बाटोबाट त्रिवि सेवा अयोगमा प्रवेश गर्न योग्य जनशक्तिलाई निरुत्साहित गर्ने र विश्वविद्यालयको शैक्षिक गुणस्तर धरासायी बनाउने काम नगर्न पनि स्ववियुले खबरदारी गरेको छ ।
सेवा आयोगबाट पदपूर्ति नगरी आंशिक करार हुँदै स्थायी गराउने परीपाटीले आर्थिक चलखेल तथा राजनीतिक पूर्वाग्रहपूर्ण ढंगले शिक्षक र कर्मचारी भर्ती हुने स्ववियुको भनाइ छ ।
ताजा खबर
- १शी लिड्स आइकन’को टप ४७ मा अछामकी बिन्दु रावल
- २पत्रकार महासंघ अछामको बार्षिक साधारण सभा मंसिर १९ गते विनायकमा हुने
- ३तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट गाउँपालिका घोषित, पूर्वराष्ट्रपतिद्वारा सम्मानित
- ४विकास बजेट स्थानीय रोजगारीसँग जोड्न रास्वपा कमलबजारको माग
- ५कांग्रेस अछामको जिल्ला सभापतिमा यज्ञप्रसाद ढकालको उम्मेदवारी घोषणा

















तपाईको कमेन्ट लेख्नुहोस्