कीर्तिमानी पर्वतारोही हरिला र तेन्जेनलाई त्रिभुवन विमानस्थलमा स्वागत
तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
नर्वेकी क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन ९लामा० शेर्पाले गएको साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको थियो । आरोहण सकेर नेपाल फर्कने क्रममा उहाँहरुलाई आज बिहान विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले स्वागत गर्नुभयो ।
कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरेका हुन् । पाकिस्तानमा रहेको केटु हिमालको सफल आरोहणसँगै हरिला र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तीन महिनामा सफल आरोहण गरी कीर्तिमान कायम गर्नुभएको हो ।
यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा आरोहण गर्नुभएको थियो । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बन्नुभएको थियो । हरिला र तेन्जेनले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसक्नुभएको छ ।
ताजा खबर
- १शी लिड्स आइकन’को टप ४७ मा अछामकी बिन्दु रावल
- २पत्रकार महासंघ अछामको बार्षिक साधारण सभा मंसिर १९ गते विनायकमा हुने
- ३तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट गाउँपालिका घोषित, पूर्वराष्ट्रपतिद्वारा सम्मानित
- ४विकास बजेट स्थानीय रोजगारीसँग जोड्न रास्वपा कमलबजारको माग
- ५कांग्रेस अछामको जिल्ला सभापतिमा यज्ञप्रसाद ढकालको उम्मेदवारी घोषणा

















तपाईको कमेन्ट लेख्नुहोस्