पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई तीन वर्ष कैद सजाय, घरबाटै पक्राउ
पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ ।
इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा खानलाई दोषी प्रमाणित गरेको बीबीसी हिन्दीले जनाएको छ ।
अदालतले खानलाई एक लाख रुपैयाँ जरिबाना पनि तोकेको छ । खानले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आउनुएको छ । आज दिउँसो १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक शुरु भएको हो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए ।
अदालतले खानका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको बीबीसी हिन्दीले जनाएको छ । न्यायाधीशले खानलाई तत्काल पक्राउ गर्न आदेश दिएका छन् ।
खानका वकिल इन्तजार हुसैनले पूर्व प्रधानमन्त्री खान उहाँको लाहोरमा रहेको घरबाट पक्राउ परिसक्नुभएको बताएका रोयटर्सले जनाएको छ । खानको समूहले निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।
ताजा खबर
- १पञ्चदेवल बिनायक नगरपालिकामा अनिश्चित तालाबन्दी
- २माओबादी केन्द्रका प्रदेश सदस्य “आव्हान” एमाले प्रवेश
- ३मंगलसेन नगरपालिकाले मनायो ५८ औ राष्ट्रिय शिक्षा दिवस
- ४मंगलसेन नगरपालिकाद्धारा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन
- ५सबैको अपनत्व हुनेगरि सेफ हाउस संचालन गर्छौ : नगर प्रमुख बोहरा
तपाईको कमेन्ट लेख्नुहोस्