चाइरा रवामा दुइवटा शव फेला : गाढेका शव भेलले बगाएको आशंका

अछामको ढकारी गाउँपालिका–२ स्थित चाइराखोलामा छेदविच्छेद दुइवटा महिलाका शव फेला परेका छन् ।
शुक्रवार विहान चाइरा रवाका स्थानियले शरिरका कुनैकुनै अंग समेत नभएका दुइवटा महिलाका शव फेला पारेका हुन ।
बिहान ११ बजेतिर चाइराका स्थानियले शरिरमा टाउको नभएको एउटा शव भेट्टाएका थिए । त्यसको केही समय पछि झण्डै एक किलोमिटरको दुरिमा अर्को शव समेत स्थानिएले फेला पारेका थिए ।
रवामा फेला परेका शवहरु गत माघ १२ गते ढकारी गाउपालिका वडा नम्वर १ को छिन्ने वडार जङलमा मृत भेट्टिएकी इसरा खड्का र सरस्वती खड्काको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले बताएका छन् ।
चन्दले अहिले आफू घटना स्थलमा पुगि नसकेको तर आफुलाइ आएको जानकारी अनुसार भेट्टिएका शवहरु इसरा खड्का र सरस्वती खड्काको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी गराएका छन् ।
गत माघ १२ गते छिन्ने जङ्गलमा मृत भेट्टिएकी इसरा खड्का र सरस्वती खड्काको पोस्टमाटम पछि चाइरा रवामा गाढिएको थियो ।
बुधबार राती परेको भीषण पानीले खोलामा ठूलो भेल आएको र उक्त भेलले गाढेका शव बगाए लगेको हुनसक्ने चन्दले बताए ।
शवहरुमा पोस्टमार्टम गरिएका चिरा हरुसम्म फेला परेका र अहिले सम्म अरु कुनै पनि मान्छे वेपत्ता भएको खबर नआएकाले दुई महिना अघि पोस्टमार्टम गरि अन्त्यष्टी गरिका किशोरीद्वयको हुनसक्ने अनुमान गरिएको उनले बताएका छन ।
ताजा खबर
- १एमाले अछामले टुङ्यायो पालिका अधिवेशन : यस्तो छ पदाधिकारीको लिष्ट
- २राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजारमा पार्टीकार्यालय स्थापना गर्दै
- ३तुर्माखाँदमा भोलीदेखि हुने भलिबल प्रतियोगिताको तयारी पूरा :पहिलो हुनेले २ लाख ११ हजार १ सय ११ हात पार्ने
- ४एमाले विनायकको अध्यक्षमा रावल र उपाध्यक्षमा शाही निर्विरोध निर्वाचित
- ५नेकपा एमाले ढकारीको दोस्रो अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न
तपाईको कमेन्ट लेख्नुहोस्