Techie IT
Agni Khabar

कमलबजार विमानस्थलको उद्घाटन आज


अछामको कमलबजार विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ।

मौसममा थप प्रतिकुलता नआए शुक्रबार आज विमानस्थललाइ विधिवत् रूपमा सञ्चालनमा ल्याउन एक भब्य कार्यक्रमकाविच  उद्घाटन गरिनेछ ।

कमलबजार नगरपालिकाका मेयर यज्ञ प्रसाद ढकालका अनुसार नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले एक भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन्।

शुभारम्भ समारोहमा संस्कृती पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री अरुण कुमार चौधरी ,अछाम स्थित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा आम नागरिकको बृहत् सहभागिता रहने मेयर ढकालले बताए ।

उनका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ ।

उद्घाटन पश्चात् प्रत्येक आइतबार तारा एयरको जहाजले कमलबजार बाट नेपालगन्जका लागि उडान भर्ने छ । अछामबाट नेपालगन्ज ४५ सय तथा अछामबाट काठमाण्डौ ११ हजार भाडा लिने गरि एयरलाइन्ससंग सम्झौता भएको नगर प्रमुख ढकालले बताएका छन् ।

कमलबजार विमानस्थलका लागि अछामी जनताले झण्डै तीन दशकअघि सपना देखेका थिए।

लामो प्रतीक्षापछि विमानस्थल सञ्चालनको अवस्थामा आउँदा अछामि जनता हर्षित छन्।

यसबाट अछामको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ।




तपाईको कमेन्ट लेख्नुहोस्