पञ्चदेवल बिनायक नगरपालिकामा अनिश्चित तालाबन्दी
बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टीले पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दी गरेको छ ।
१३ वटा बुदा सार्बजनिक गर्दै बिप्लब माओबादिले आज नगरपालिकामा तालबन्दी गरेको हो ।
नगरपालिकामा पटक पटक विकास निर्माण लगाएत काममा ध्यानाकर्षण गराउँदा समेत नगरप्रमुख/ उप प्रमुखले कार्यकर्ता पालनपोषण गर्न बाहेक अरु केहि नगरेकाले नगरपालिकाको कार्यालयमा तालाबन्दि गरिएको
नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय प्रतिनिधि सदस्य निरक सिले आरोप लगाएका छन ।
यस्ता छन् १३ वटा बुदा
१ .जनप्रतिनिधी र कर्मचारी बिच बिवाद सिर्जना गरि नगरपालिकालाइ निजि स्वार्थको साधन बनाएको
२ .नगरमा कर्मचारी भर्नाको नाममा आफन्त र पार्टिको भर्ती केन्द्र बनाएको
३ .बोका काण्ड बिरुवा काण्ड , कर्मचारी काण्ड अनुदान काण्ड लगाएत बिकास निर्माणको नाममा ब्रह्मलुट गरेको
४ .फोहोर ब्यवस्थापनकालागी आउने बजेट हिनामिना गरेको
५ .विद्युत बिस्तारको नाममा लाखौं रकम हिनामिना गरेको
६ .सुचनाको हक कुण्ठित गरेको
७ .सुचना स्न्चार भ्रमण भत्ता यातायात इन्धनको नाममा नगरको करोडौं रकम दुरुपयोग गरेको
८ . उत्पादन मुलक क्षेत्रमा बजेट बिनियोजन नगरेको
९ .सरकारी गाडी निजि काममा प्रयोग गरेको
१० .नगर सरकार जनताप्रती जिम्मेवार र उत्तरदायी नभएको
११ .युवालाइ स्थानिय स्तरमा रोजगारी सृजना नगरेको
१२ .दशै तिहारको मुखमा पनि तलब निकासा नदिएको
१३ .पटक पटक राखिएका मागहरुप्रती बेवास्ता गरेको
ताजा खबर
- १पञ्चदेवल बिनायक नगरपालिकामा अनिश्चित तालाबन्दी
- २माओबादी केन्द्रका प्रदेश सदस्य “आव्हान” एमाले प्रवेश
- ३मंगलसेन नगरपालिकाले मनायो ५८ औ राष्ट्रिय शिक्षा दिवस
- ४मंगलसेन नगरपालिकाद्धारा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन
- ५सबैको अपनत्व हुनेगरि सेफ हाउस संचालन गर्छौ : नगर प्रमुख बोहरा
तपाईको कमेन्ट लेख्नुहोस्