मंगलसेन नगरपालिकाले मनायो ५८ औ राष्ट्रिय शिक्षा दिवस
५८ औ राष्ट्रिय शिक्षा दिवस मंगलसेन नगरपालिकाले भव्य रुपमा मनाएको छ ।
पालिकामा रहेका १४ वटै वडामा रहेका विद्यालय र यस संग सरोकार राख्ने सरोकारवालको सहभागितामा दिवस मनाएको हो ।
ज्ञान विज्ञान सीप उधम र मौलिकता साझेदारी र प्रणालिगत सक्षमता भन्ने मुल नाराका दिवस मनाईएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले बताउनुभयो ।
नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य भैरे कामी प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कामीले अहिले शैक्षिक क्षेत्र एकले अर्कालाई आरोप लगाउने क्षेत्र मात्रै भएको भन्दै सबैले आ आफ्नो जिम्मेवारी निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।
शिक्षकले सरकार र अभिभावकलाइ दोस दिने र अभिभावकले शिक्षकलाइ दोस दिने गरेकाले यहाँ हरेक क्षेत्रले आ आफ्नो जिम्मेवारी कुशलता पुर्वक पालना गरेको खण्डमा अहिले देखिएका अधिकांश समस्याहरु समाधान हुने विश्वाश व्यक्त गर्नुभएको छ ।
यस्ता दिवसमा आफ्ना गतिविधिको गम्भिर रुपमा समिक्षा गरि देखिएका कमजोरीहरु सुधार गर्ने दिनभपनी भएकाले गुनासो र आरोप मात्रै लगाउनु भन्दा आत्म समिक्षा गर्नपनी जरुरी रहेको संविधानसभा सदस्य कामीको भनाई थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले राज्यको विभेदकारी शिक्षा प्राणलीकै कारणले आज शैक्षिक क्षेत्रमा ठुलो समस्या देखिएको बताउनुभयो ।
सबै नेपालीका छोराछोरीहरुले एकै किसिमको शिक्षा पाउनु पर्ने भएपनी राज्यको गलत प्रवृतिकै कारणले विभिन्न किसिमका चुनौती झेल्नुपर्ने र बजारमा बिक्रीहुने खालेको शिक्षा नहुदा शैक्षिक वेरोजगाहरु बढेको भन्दै चिन्ता व्यक्तगर्नुभयो ।
सामुदायिक विद्यालयमा अहिले पनि शिक्षकहरुले आफ्नो जिम्मेवारी निर्वाह गरेको खण्डमा धेरै कुरामा सुधार गर्न सकिने भएकाले कसैको पनि तालमेल नमिल्दा सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर भन्दै गएको प्रति चिन्ता व्यक्तगर्नुभएको छ ।
बृहत सभामा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख पदम बहादुर बोहराले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न मंगलसेन नगरपालिका सचेत रहेको बताउनुभयो ।
नगर संगको स्रोत साधनले भ्याए सम्म शिक्षा क्षेत्रमा लगानी गरिरहेको भन्दै नगर प्रमुख बोहराले भन्नुभयो हाम्रा आवश्यक्ताहरु धेरै छन हामी संग सिमित स्रोत साधन छ यसका बाजजुदपनि आवश्यक्ताका आधार भएको स्रोतको समुचित ढंगले वितरण गरेको बताउनुभयो ।
आफुले जनताको माझमा जनाएका केही प्रतिबद्धताहरु कार्यन्वयन गर्न नसक्दा आफुलाइ नै हिनता बोध हुने गरेको नगर प्रमुख बोहराको भनाई छ ।
स्थानीय सरकारको बजेटले यी सबै समस्या समाधान गर्न नसकेनिे भएपछी आफुले पटक पटक प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीलाई भेटेर मागपत्र बुझाएपनी आफुले पठाएको एउटा योजना पनि नपरेको नगर प्रमुख बोहराको दुखेसो छ । यसपालि पनि प्रदेश सरकारको पुरानै प्रवृति देखिएको उहाको भनाई छ ।
अछामका प्रमुखजिल्ला अधिकारी शिव प्रसाद लम्सालले आज स्थानीय सरकार संग सिमित स्रोत साधन हुदा शैक्षिक क्षेत्रका कतिपय समस्याहरु समाधान गर्न नसक्दा नागरिकको स्थानीय सरकार प्रतिको आक्रोस बढ्दै गएको बताउनुभयो । सिमित स्रोत साधन बाट पनि राम्रो गरेका र भएका उदाहरण पनि भएकाले भएकै स्रोत साधनलाइ राम्रो संग उपयोग गरि राम्रो नतिजा दिन तर्फ शैक्षिक संस्थाहरु तयार हुनुपर्ने र सरकारले पनि राम्रो र नराम्रो गर्नेको कामको मुल्याङकन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बाजागाज सहित मंगलसेनमा खुल्ला मंचमा भएको कार्यक्रममा नगरका १४ वटै वडामा रहेका विद्यालयका विद्यार्थिहरु विच वक्तृत्वकला प्रतियोगिता समेत संचालन गरिएको थियो । उक्त प्रतियोगितामा सदरमुकाम मंगलसेनमा रहेको षोडशा माध्यामिक विद्यालय प्रथम, मंगलसेनमा ७ मा रहेको जल्पा मावि मुग्राचौ। दोस्रो, कुन्ती मावि कुन्ती तेस्रो, गंगा माध्यामिक विद्यालय सन्त्वना भएका छन ।
प्रतियोगितमा विभिन्न स्थान हासिल गर्ने विद्यार्थिहरुरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला उपसभापति नयाँराम बजगाइ, नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा, मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेकेन्द्र बहादुर सोडारी, सामाजिक विकास समितिका संयोजक एवं वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नर बहादुर रावल, शिक्षक महासंघका नेता हर्क बहादुर बिष्ट, षोडशा माध्यामिक विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटी, गैरसरकारी संस्थाको तर्फबाट रमेश बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्दै अछाम जिल्लाको शैक्षिक क्षेत्रका समस्याहरु उस्ता उस्तै भएको पाईएकाले शैक्षिक गुणस्तमा ध्यान दिएर बालबालिकामा उति किसिमको लगानी गर्न आवश्यक रहेको बताएका छन ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अब शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु समाधनगरि अघि बढ्नुको विकल्प नरहेको बताएका थिए ।
सोही कार्यक्रममा राम्रो शैक्षिक क्षेत्रमा राम्रो गर्ने विद्यालय र उत्कृष्ट अंक ल्याएर पास हुने विद्यार्थिहरुलाई पुरस्कार समेत वितराण् गरिएको थियो ।
बृहत सभामा विभिन्न किसिमका सास्कृतिक झाकीहरु समेत प्रदर्शन गरिएको थियो । मंगलसेन नगरपालिक ाउप प्रमुख संगीता रावल सोडारीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियो ।
ताजा खबर
- १पञ्चदेवल बिनायक नगरपालिकामा अनिश्चित तालाबन्दी
- २माओबादी केन्द्रका प्रदेश सदस्य “आव्हान” एमाले प्रवेश
- ३मंगलसेन नगरपालिकाले मनायो ५८ औ राष्ट्रिय शिक्षा दिवस
- ४मंगलसेन नगरपालिकाद्धारा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन
- ५सबैको अपनत्व हुनेगरि सेफ हाउस संचालन गर्छौ : नगर प्रमुख बोहरा
तपाईको कमेन्ट लेख्नुहोस्