Techie IT
Agni Khabar

सबैको अपनत्व हुनेगरि सेफ हाउस संचालन गर्छौ : नगर प्रमुख बोहरा


टेक बहादुर थापा

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले सुरक्षित आवासगृह (सेफ हाउस) लाई सबैको अनत्व हुनेगरि संचालन गरिने बताउनु भएको छ ।
यो संस्थालाइ थप व्यवस्थित तरिकाले संचालन गर्ने र यसका लागि जिल्लाका सबै सरोकारवाला संग समन्वय र सहकार्य गर्ने बताउनु भएको हो ।
सेफ हाउस जस्तो संवेदनशिल संस्था सबै क्षेत्रको सहयोग बाट मात्रै अघि बढ्न सक्ने भएकाले त्यसका लागि नगरपालिका यस संग सरोकार राख्ने सबै निकाय संघ थप सहकार्य र समन्वयको पाटोलाइ अघि बढाउने बताउनुभयो ।
बुधबार मंगलसेन नगरपालिकामा बसेको अल्पकालिन महिला सुरक्षित आवासगृह संचालक निर्देशक समितिको बैठकमा बोल्दै नगर प्रमुख बोहराले हिंसामा परेका महिलाइ पुनस्थापना, समुदायमा रहेका आर्थिक, सामाजिक र शैक्षिक हिसाबले पछी परेका महिला तथा किशोरीका क्षेत्रमा पनि कामगर्ने गरि नगरपालिका सेफ हाउस मार्फत थप गतिविधि अघि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो ।
सुसाशन र पारदर्शितालाई पहिलो प्राथामिकता राखेर कामगर्ने बताउदै नगर प्रमुख बोहराले यसलाइ थप कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा यसका जानकारी व्यक्तिहरु संग विशेष कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।
नगरपालिका सेफ हाउस संचालनका लागि आवश्यक पर्ने सबै किसीमको स्रोत साधन उपलब्ध गराउने भन्दै जिल्लाका जुनसुकै पालिका बाट पनी महिलाहरुले सेवा लिन आउन सक्ने वातावरण तयारपार्नेगरि लाग्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ ।
जिल्ला समन्वय समिति अछामले पनि सेफ हाउस संचालन गर्ने निर्णय गरेको भन्ने खबर आफुले सुनेको भन्दै उहाले यदी जिल्ला समन्वय समिति अछामका १० वटै पालिका बाट बजेट सुनिश्चित गर्छ भने आफुहरु सयोग गर्न तयार रहेको तर अहिलेको अवस्थामा सहयोग गर्न नसकिने बताउनुभयो ।
नगर प्रमुख बोहराको अध्यक्षतामा सम्पन्न बैठकमा सेफ हाउस संचालनका लागि नगरपालिकाको तयार पारेको कार्यविधिको बारेमा छलफल गरिनुका साथै स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।
बैठकले सेफ हाउसलाइ चाडै नयाँ भवनबाट संचालन गर्ने, थप कर्मचारी नियुक्ति गर्ने लगायतका निर्णय गरेको नगरपालिका प्रवक्ता बृख बहादुर बोगटीले जानकारी दिनुभएको छ ।

बैठकमा जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमती शाही, मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, सरकारी वकील कार्यालय प्रमुख हरिश भट्ट, सामाजिक विकास कार्यालय अछामका निमित्त कार्यालय प्रमुख राजु शाह, जिल्ला अस्पताल अछामका निमित्त प्रमुख अधिराज अधिकारी, गैसस महासंघका टंक प्रसाद ढुंगाना, बार यसोसियसन अछामका अध्यक्ष खड्ग बहादुर खड्का, दातृ निकाय बाट रमेश थापा, पत्रकार मेनुका ढुंगाना लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतको स्वागत मन्तव्य बाट सुरुभएको बैठकको संचालन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियो ।




तपाईको कमेन्ट लेख्नुहोस्