एमाले अछामको पालिका स्तरिय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु
नेकपा एमाले जिल्ला कमिटी अछामले पालिका स्तरिय भेला तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको थालनि गरेको छ ।
फागुन २८ गते मंगलसैनमा बसेको पार्टिको १३ औँ जिल्ला कमिटी बैठकले जिल्लाका १० वटै पालिकामा पालिका स्तरिय भेला तथा अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने निर्णय गरेको थियो ।
सोहि निर्णय अनुरुप पागुन ३० गते मंगलसैनमा नगरपालिका स्तरिय भेला तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण गरि कार्यक्रमको थालनि गरिएको हो ।
चैत्र १ गते ढकारी , २ गते कमलबजार , ३ गते बिनायक , ४ गते तुर्माखाँद , ५ गते रामारोशन , ६ गते जयगढ , ७ गते साँफेबगर , ८ गते मेल्लेख , ९ गते चौरपाटी पालिका स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने कार्यतालिका तयार गरिएको नेकपा एमाले जिल्ला कमिटी अछामका सचिब भिम बहादुर रावलले जानकारी दिएका छन् ।
प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरु , पालिका कमिटीका पदाधिकारी र सदस्यहरु , वडा कमिटीका पदाधिकारी , टोल कमिटीका अध्यक्ष र सचिब , जन संगठनका सम्बन्धित पालिकाका जिल्ला कमिटी सदस्यहरु , पालिका कमिटी पदाधिकारीहरुको सहभागीता रहने सचिब रावलले बताएका छन् ।
ताजा खबर
- १शी लिड्स आइकन’को टप ४७ मा अछामकी बिन्दु रावल
- २पत्रकार महासंघ अछामको बार्षिक साधारण सभा मंसिर १९ गते विनायकमा हुने
- ३तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट गाउँपालिका घोषित, पूर्वराष्ट्रपतिद्वारा सम्मानित
- ४विकास बजेट स्थानीय रोजगारीसँग जोड्न रास्वपा कमलबजारको माग
- ५कांग्रेस अछामको जिल्ला सभापतिमा यज्ञप्रसाद ढकालको उम्मेदवारी घोषणा

















तपाईको कमेन्ट लेख्नुहोस्