Techie IT
Agni Khabar

भारतमा पशुपतिनाथको मन्दिर बन्दै : एक अनुष्ठानकाबिच भुमिपुजन गरियो


लोकेन्द्र शाही , भारत

भारतमा पशुपतिनाथको मन्दिर बन्ने भएको छ । गुजरात को गान्धिधाममा स्थापना भयको श्री कच्छ गोर्खा समाजले पशुपतिनाथको मन्दिर निर्माण कार्यको थालनी गरेको हो ।
माघ १ गते सोमबार अर्थात १५ जनवरी सन २०२४ मा बिहान ९ बजेको शुभ साईतमा भारतिय र नेपाली पन्डितद्वारा धार्मिक बिधी अनुसार धुमधामका साथ पुजा आराधना गरि मन्दिर बन्ने स्थानको भुमिपुजन गरिएको हो ।
सयौँ नेपालीहरुको उपस्थिती रहेको भुमिपुजन कार्यक्रममा मन्दिर बन्ने ठाँउमा झन्डा र ईटा राखियको छ ।
समाजका प्रतिनिधि रमेश सुनार का अनुसार पशुपतिनाथको मन्दिर निर्माणकोे काम छिटै सुरु हुने र मन्दिर अत्यन्तै सुन्दर डिजाईन मा निर्माण गरिने छ ।
मन्दिर निर्माणका लागी आफ्नो इच्छा अनुसार दान तथा सहयोग जसले पनि गर्न सक्ने कुरा समाजका प्रतिनिधि नारायण राम खड्काले बताएका छन् ।
समाज को यो कार्य देखेर गान्दिभामका स्थानीय बौद्धिक ब्यक्तित्व समेत खुसी हुँदै गोर्खा समाज टिम लाई बधाई दिएको उनले उल्लेख गरेका छन् ।
भुमी पुजन कार्यक्रम मा गान्धीधाम नगरपालिका का अधिकारी लगायत विभिन्न बुद्धिजीवी , समाजसेवी सहयोगी दाता लगायत स्थानीय ब्याक्तिहरुको समेत सहभागीता रहेको थियो ।
अब तत्काल मन्दिर निर्माणको काम अगाडि बढाउने गोर्खा समाजका प्रमुख बिशाल थापा ले बताएका छन् ।
पशुपति नाथ मन्दिर को नाममा आफ्नो स्वइच्छाले आर्थीक सहयोग गर्न सकिने भएकाले आर्थीक सहयोग गरिदिन हुन समेत थापाले आग्रह गरेका छन् ।
गोर्खा समाज कच्छ गान्धीधाम को पहिलो नेपाली समाज हो ।
उक्त समाज नेपाली हरुको हक हित र सम्पुर्ण प्रवासी नेपाली हरुको एकताको काममा लामो समयदेखी सक्रिय छ ।




तपाईको कमेन्ट लेख्नुहोस्