आज शनिबार पनि खुल्दैछन् बैंकहरू, थाहा पाउनुस् किन ?

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, आज बैंक तथा वित्तीय संस्था खुल्ने छन् । राष्ट्र बैंकले असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र गरेको छ ।
चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।
ुअसार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गनपर्नेछु, राष्ट्र बैंकले आज जारी गरेको सूचनामा भनिएको छ ।
अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अनुरोधपछि यस्तो निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।
ताजा खबर
- १एमाले अछामले टुङ्यायो पालिका अधिवेशन : यस्तो छ पदाधिकारीको लिष्ट
- २राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजारमा पार्टीकार्यालय स्थापना गर्दै
- ३तुर्माखाँदमा भोलीदेखि हुने भलिबल प्रतियोगिताको तयारी पूरा :पहिलो हुनेले २ लाख ११ हजार १ सय ११ हात पार्ने
- ४एमाले विनायकको अध्यक्षमा रावल र उपाध्यक्षमा शाही निर्विरोध निर्वाचित
- ५नेकपा एमाले ढकारीको दोस्रो अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न
तपाईको कमेन्ट लेख्नुहोस्