आजदेखि काठमाण्डौलाई ट्रान्जिट बनाएर नेपाल एअरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान

नेपाल वायुसेवा निगम ९नेपाल एअरलाइन्स० ले आजदेखि भैरहवाको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाण्डौ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दैछ ।
गएको जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाण्डौ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाण्डौ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।
भैरहवाबाट बिहान ९ बजे काठमाण्डौ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाइनेछ । पहिलो उडानमा आज निगमले भैरहवाबाट यात्रु लिएर काठमाण्डौ आउनेछ । यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि भारतले उडान अनुमति दिएको छैन ।
भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमको योजना रहेको छ ।
ताजा खबर
- १एमाले अछामले टुङ्यायो पालिका अधिवेशन : यस्तो छ पदाधिकारीको लिष्ट
- २राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजारमा पार्टीकार्यालय स्थापना गर्दै
- ३तुर्माखाँदमा भोलीदेखि हुने भलिबल प्रतियोगिताको तयारी पूरा :पहिलो हुनेले २ लाख ११ हजार १ सय ११ हात पार्ने
- ४एमाले विनायकको अध्यक्षमा रावल र उपाध्यक्षमा शाही निर्विरोध निर्वाचित
- ५नेकपा एमाले ढकारीको दोस्रो अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न
तपाईको कमेन्ट लेख्नुहोस्