काङ्ग्रेस नेत्री भण्डारीले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने
सहयोगी र सरल नेत्रीको रुपमा परिचित अछामकी गौरी भण्डारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
आफ्नो सामाजिक संजाल फेसबुक मार्फत भण्डारिले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् ।
सानै उमेरदेखी समाजसेवा सुरु गरेकी भण्डारी नेपाली काङ्ग्रेसको १४ औं माहाधिवेशन अन्तर्गत अछाम क्षेत्र नं २ बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मत सहित निर्वाचित भएकी थिइन् ।
२०७९ सालको स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट कमलबजार नगरपालिकाको उप-प्रमुख पदको उम्मेद्वार रहेकी भण्डारी १५ औं महाधिवेशन अन्तर्गत अछाम २ बाट महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएकी छन् ।
भण्डारी काठमाण्डौमा उपचार गर्न जाने बिरामी तथा पढ्न जाने बिद्यार्थीहरुलाई अहोरात्र सहयोग गर्ने नेताको रुपमा परिचित छन् ।
सुदुरपश्चिमबाट काठमाण्डौमा पढ्न जाने गरिव तथा विपन्न परिवारका बिद्यार्थीलाई तथा ग्रामिण गाउँबस्तिबाट उपचारका लागि काठमाण्डौ जाने बिरामीलाई
भण्डारीले आफ्नो पहलमा ७० प्रतिशतसम्म छुट गराउदै आएकी छन् ।
भण्डारी नेता/कार्यकर्ता तथा जनतासंग सहज घुलमिल हुनसक्ने क्षमता राख्ने सहज , सरल र लोकप्रिय नेताको रुपमा परिचित छन् ।
महाधिवेशन असोज १८ आज देखि राजधानी काठमाण्डौमा मा सुरु हुँदैछ ।

















तपाईको कमेन्ट लेख्नुहोस्