Techie IT
Agni Khabar

अछाममा लामो दुरीका सवारी साधनमा रोक


लगातारको वर्षा र आगामी केही दिन भारी वर्षाको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय अछामले लामो दुरिका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामले शनिबार बिहान एक सूचना जारी गरेर अछामबाट लामो दुरिकालागी छुट्ने दिवा तथा रात्रिकालिन सबै  सवारी साधनहरु  सञ्चनलनमा आओज १० र ११ गतेका लागि पूर्णरूपमा रोक लगाइएको जानकारी गराएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला प्रशासनले विशेष सतर्कता अपनाएको हो।

बिहीबार रातिदेखी अछाम तथा आसपासका जिल्लाहरुमा अविरल बर्षा भैरहेकोछ ।

लगातारको वर्षाले जिल्लाका मुख्य तथा ग्रामीण सडकमा पहिरो खस्ने, सडक अवरुद्ध हुने र यातायात दुर्घटना निम्तिन सक्ने जोखिम बढेको छ।

यसैबिच जिल्ला प्रहरी कार्यालय अछामले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र मौसमसम्बन्धी सूचनामा ध्यान दिन भिडियो सन्देश मार्फत जिल्लावासीलाई आग्रह गरेको छ।




तपाईको कमेन्ट लेख्नुहोस्