एमाले अछामले विभिन्न कार्यक्रम गरि मदन आश्रित स्मृति दिवस मनाउँदै
नेकपा एमाले अछामले जेष्ठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
प्रत्यक वर्ष विभिन्न कार्यक्रम गरि मदन—आश्रित स्मृति दिवस मनाउदै आएको एमाले अछामले यो वर्ष विरामीलाई फलफुल वितरण लगाएतका कार्यक्रम गरि दिवस मनाउने तयारी थालेको हो ।
दिवसको अवसरमा जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालका बिरामीहरुलाइ फलफुल वितरण गरिने नेकपा एमाले अछामका सचिव हिरण्ड भट्टराईले जानकारी दिएका छन् ।
सचिव भट्टराईले भने “तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा (एमाले) ले केन्द्र देखी जिल्ला सम्म विविध कार्यक्रम गर्दै आएको छ । सोही अनुरुप अछाम पार्टिले पनि जिल्लाका दुई मुख्य अस्पतालका बिरामीहरुलाइ फलफुल बितरण लगाएतका कार्यक्रम गर्ने योजना बनाएको छ”
सोही दिन जिल्ला कमिटिको दोस्रो पुर्ण बैठकको पनि आयोजना गरिएको भट्टराईले बताए ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिस्ट आन्दोलनमा पृथक् मानिन्छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्