एमाले जब सरकारमा जान्छ जनताले सम्झन योग्य काम गर्छ : केन्द्रिय सदस्य बोगटी
नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटिले नेकपा एमाले जुन बेला सरकारमा जान्छ त्यतिबेला जनताले सम्झन योग्य काम गर्ने गरेको बताएका छन् ।
मंगलबार नेकपा एमाले कमलबजार नगर कमिटिको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै बोगटिले सो कुरा उल्लेख गरेका हुन ।
२०५१ सालदेखी हाल सम्म नेकपा एमालेको नेतृत्वमा बनेका जुनसुकै सरकारले पनि जनतालाइ दीर्घकालीन टेवा पुग्ने काम गरेको उनले उल्लेख गरे ।
कार्यक्रममा बोल्दै बोगटीले नेकपा एमालेको नेतृत्वमा बनेका स्थानिय सरकारले पनि जनताको पक्षमा काम गर्नु पर्नेमा जोड दिएका छन् ।
उनले जुन पालिकामा एमालेका उम्मेदवारले बिजय प्राप्त गरेका छन् ती पालिका अरु भन्दा फरक हुनुपर्ने उल्लेख गरेका छन् ।
नेकपा एमालेले सत्ता सम्हालेका स्थानिय तहहरुले पनि जनताले सधैं स्मरण गरिरहने गरि काम गर्न निर्देशन दिए ।
दिउँसो उद्घाटन सत्र भएको अधिवेशनको अहिले बन्द सत्र चलिरहेको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्