पालिका अधिवेशन गर्दै अछाम एमाले
भानु ढकाल , अछाम
नेकपा एमाले अछामले जिल्लाका पालिकाहरूको अधिवेशन गर्न थालेको छ ।
एमाले अछामले जिल्लामा रहेका १० वटा पालिकामध्ये ९ वटा पालिकाको अधिवेशन अघि बढाएको हो ।
१० पालिका मध्य मेल्लेख गाउँपालिकामा भने अघोल्लो बर्ष नै अधिवेशन सम्पन्न भैसकेको छ ।
पार्टीलाई व्यवस्थित रूपमा अघि बढाउनका लागि बैशाख २७ गतेदेखि ३१ गतेसम्म पालिका अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनेको नेकपा (एमाले) अछामका उप-सचिव टोप बहादुर शाहीले बताए ।
उनका अनुसार सम्बन्धित पालिकाका सबै वडा अधिवेशन सकेर पालिका अधिवेशन भइरहेका छन् ।
अहिले सम्म मंगलसैन नगरपालिका , साफेबगर नगरपालिका र बान्निगढी जयगढ गाउपालिकाको अधिवेशन सम्पन्न भैसकेको
छ भने तुर्माखाद गाउपालिका , पञ्चदेवल बिनायक नगरपालिका तथा चौरपाटी गाउपालिकामा अधिवेशनको उद्घाटन सत्र सकिएर बन्द सत्र चलिरहेको छ ।
सङ्घीय संरचनापछि बनेका वडा तथा पालिकाको यो दोस्रो अधिवेशन हो ।
पार्टी एकता विभाजन लगायतका कारण समयमै वडा तथा पालिका अधिवेशन हुन नसकेको उप-सचिव शाहीको भनाइ छ ।
अधिवेशनका क्रममा लामो समयदेखी पार्टिमा अनवरत क्रियाशिल कम्युनिष्ट नेतालाइ सम्मान गर्ने, पार्टी प्रवेश लगायतका कार्यक्रम तय गरिएको छ ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्