उप-सचिवमा उम्मेदवारी दिने रावलको घोषणा
नेकपा एमाले अछामकि नेत्री बिन्दु रावलले उप-सचीव पदमा उम्मेदवारी दिने भएकी छन् ।
आजबाट शुरु भएको नेकपा एमाले अछामको ९ औं जिल्ला अधिवेशनमा रावलले उप-सचीव पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन ।
हाल जिल्ला कमिटी सदस्य तथा महिला बिभाग प्रमुख रहेकी रावलले आफ्नो दावी उप-सचिवमा रहेको अग्नि खबरसंग बताइन् ।
नयाँ नेतृत्व चयनका लागि एमाले अछामको ९ औं अधिवेशन शनिबार देखि मंगलसैनमा सुरु भएको छ ।
आज शनिबार उद्घाटन सत्र सकिएको छ । भोलि मंगलसैनमै बन्दसत्र सुरु हुनेछ ।
निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ ।
यद्यपि अध्यक्षसहित पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् ।
यस्तो छ रावलको राजनितिक यात्रा
सानै उमेरदेखी एमालेसंग जोडिएकी रावल २०६२ सालमा महिला अधिकार मंच अछामको अध्यक्ष बनेकि थिइन् ।
२०६६ साल देखि २०७१ साल सम्म दुई कार्यकाल अनेम संघ को निकै सकृय जिल्ला सचिब भएर काम गरेकी उनी २०७० सालमा अन्तरपाटी महिला संजालकी जिल्ला सचिब समेत बनेकी थिइन् । रावल २०७५ सालमा अन्तरपाटी महिला संजालकि जिल्ला अध्यक्ष बनिन् ।
२०७३ सालमा महिला मानव अधिकार रक्षक संजालको जिल्ला अध्यक्ष बनेकी रावल २०७९ सलको स्थानिय तहको निर्वाचनमा बान्निगढी जयगढ गाउपालिकामा नेकपा एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनिन र काङ्ग्रेस ,माओवादिको बलियो गठबन्धनलाई पराजित गर्दै उपाध्यक्षमा विजयी बनेकी थिइन् ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्